मनोरञ्जन

चर्चाका लागि आफू मरेको स्टाटस राख्ने भारतीय मोडल पुनम जिउँदै

Banner

काठमाडौं, माघ २०-

भारतीय मोडल पुनम पाण्डे जीवितै रहेको पुष्टि भएको छ । पुनमको इन्स्टाग्राम अकाउन्टबाटै उनको मृत्यु भएको खबर सार्वजनिक गरिएको थियो ।

तर अहिले फेरि पुनमले आफू जिवितै रहेको भनेर भिडियो पोस्ट गरेकी छिन् । उनले मृत्युको समाचारलाई लिएर माफी समेत मागेकी छन् । कतिपयले पुनमको अकाउन्ट ह्याक भएको पनि आशंका गरेका थिए । तर पुनम आफैंले चर्चाका लागि यो स्टन्ट रचेको खुलेको छ ।

पुनमको मृत्यु सर्भिकल क्यान्सरबाट भएको दावी उनको इन्स्टा पोस्टमा गरिएको थियो । पुनम दुई दिन अघिमात्र पार्टीमा रमाइरहेकी थिइन् । उनलाई सर्भिकल क्यान्सर भएको पनि कसैलाई थाहा थिएन ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>