बलिउड/हलिउड

अमेरिकास्थित बंगला छाड्न बाध्य प्रियंका चोपडा र निक जोनस, प्रोपर्टी डिलरविरुद्ध मुद्दा दायर 

Banner

काठमाडौं,माघ १९-

बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडा र निक जोनसले अमेरिकाको लस-एन्जलसस्थित आफ्नो घर छाड्नुपरेको छ । यो बंगला यो जोडीले सन् २०१९ मा करिब २ करोड डलरमा किनेका थिए । रिपोर्टका अनुसार घरमा पानी चुहावटले क्षति पुर्‍याएपछि उनीहरुले कठिनाइको सामना गर्नुपरेको थियो । जसले गर्दा घरमा ओसिलोपन देखिन थालेको थियो । यस विषयमा उनीहरुले प्रोपर्टी डिलरविरुद्ध मुद्दा समेत दायर गरेका छन् ।

यो घरमा प्रियंका आफ्ना पति निक जोनस र छोरी मालतीसँग बस्दै आएकी थिइन् । घर बेच्ने व्यक्तिलाई दम्पतीले मुद्दा हालेका छन् । रिपोर्टका अनुसार प्रियंका र निकले मे २०२३ मा घर बेच्ने बिक्रेताविरुद्ध मुद्दा हालेका थिए । जबदेखि सम्पत्ति खरिद गरिएको थियो, त्यहाँ स्पा र पूलमा समस्या आउन थालेको थियो । घरको धेरै भागमा लेउ लाग्ने समस्या पनि देखिन्थ्यो । त्यसयता घरको बार्बेक्यु क्षेत्रमा पानी चुहने समस्या पनि सुरु भएको थियो ।

यस समस्याबाट भएको नोक्सानीको क्षतिपूर्ति दिनुपर्ने दम्पतीले माग गरेका छन् । साथै, क्षतिग्रस्त वस्तुको मर्मत खर्चका लागि क्षतिपूर्तिको माग गरिएको छ । यो घरको मर्मत गर्न करिब १५ लाख डलरदेखि २५ लाख डलर लाग्ने बताइन्छ । अहिले प्रियंका र निक छोरीलाई लिएर अर्को घरमा बसेका छन् । चुहावटको समस्या समाधान नभएसम्म उनीहरु अर्को घरमा बस्नेछन् । यद्यपि प्रियंका र निक आफ्नो कामको लागि संसारभर घुमिरहन्छन् । तर दम्पतीको घर लस एन्जलसमा छ, जहाँ उनीहरू दुवै विगत केही वर्षदेखिसँगै बस्दै आएका छन् ।

निक जोनस केही समयअघि आफ्ना दुई दाजु जो र केभिनसँग भारत आएका थिए । उनले मुम्बईको म्युजिकल फेस्टिबल ‘लोल्लापालुजा इन्डिया’ मा पनि प्रस्तुति दिएका थिए । प्रदर्शनका क्रममा भारतीय फ्यानले उनलाई स्वागत गर्दै ‘जिजु’को नारा लगाएका थिए । प्रियंका हलिउड फिल्म ‘द ब्लफ’ मा देखिनेछिन् । यो फिल्मको छायांकन असारबाट सुरु हुनेछ ।

यसअघि प्रियंकाले हलिउड प्रोजेक्ट ‘बेवाच’, ‘द म्याट्रिक्स रिसरेक्सन्स’ र गत वर्षको रोमान्टिक कमेडी ‘लभ अगेन’मा काम गरिसकेकी छिन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>