सूचना-प्रविधि

वर्ल्डलिंकका ग्राहकले बोट स्मार्ट वाच र एयरडप्स आधा सस्तोमा किन्न पाउने

Banner

काठमाडौं,माघ ९-

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले स्मार्ट कम्बो डिल नामक नयाँ अफर सार्वजनिक गरेको छ । कम्पनीले यो अफर आफ्ना ग्राहकका लागि अहिलेसम्मकै उत्कृष्ट डिल भएको दाबी समेत गरेको छ । यस अफर अन्तर्गत ग्राहकले बोट ब्रान्डको अल्टिमा स्मार्टवाच र बोट एयरडप्स १७० खरिदमा ५० प्रतिशतसम्मको छुट पाउन सक्नेछन् । ४,४९९रुपैयाँ बजार मूल्य रहेको बोट स्मार्ट वाच केवल २,२४९ रुपैयाँमा र ३,२९९ रुपैयाँ बजार मूल्य रहेको बोट एयरडप्स १७० केवल १,६९९ रुपैयाँमै पाउन सकिनेछ ।

यो अफर नेपालभर रहेका वर्ल्डलिंकका सम्पूर्ण शाखामा उपलब्ध छ । स्मार्टवाच ३ महिना र १२ महिना सब्सक्रिप्सन लिएका ग्राहकहरूका लागि उपलब्ध छ । त्यस्तै १७० एयरडप्स १, ३ र १२ महिनाको सब्सक्रिप्सन लिएका ग्राहकहरूका लागि उपलब्ध छ । साथै हरेक वार्षिक सब्सक्रिप्सनमा डुअल ब्यान्ड र नोकिया बिकन १।१ राउटर समेत निःशुल्क पाउन सकिनेछ ।

यो अफरमा प्राप्त गर्नका लागि ग्राहकले नजिकैको वर्ल्डलिंकको कार्यालयमा जानुपर्नेछ । थप जानकारीका लागि ९८०१५२३०५२ मा कलगरी बुझ्न सकिनेछ । साथै वर्ल्डलिंकको अनलाईन सपोर्टबाट वा नजिकैको शाखा कार्यालयमा गएर समेत यस बारे बुझ्न सकिनेछ । यो अफर सीमित अवधिको लागि लागु हुने कम्पनीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>