मनोरञ्जन

‘धोकेबाज हौ तिमी’ भन्दै गीत गाउने गायिका परिन धोकामा

Banner

काठमाडौँ, माघ ८-

जादुमयी स्वरकी धनी एलिना चौहानको प्रेमी विष्णु सापकोटासँग ब्रेकअप भएको छ ।

‘धोकेबाज हौ तिमी’ बोल्को गीत गाउँदै देश विदेशमा चर्चा बटुल्न सफल गायिका एलिनाको लोक गाएक विष्णुसँग ब्रेकअप भएको हो । जादुमयी स्वरकी धनी एलिना अहिले सबैभन्दा डिमान्डेड गायिकामा पर्छिन् । उनी अहिले सांगीतिक कार्यक्रममा व्यस्त छिन् ।

एलिनाले विष्णुसँग विवाहको योजनासमेत बुनिरहेकी थिइन् । यही वर्षको मंसिर विवाह हुन सक्ने उनी आफ्ना साथीहरूलाई बताउने गर्थिन् । तर, अहिले उनको प्रेम टुटेको निकट स्रोतले बतायो ।

अष्ट्रेलियामा बस्ने विष्णुसँग एलिनाको प्रेम ठीक एक वर्ष अगाडि सार्वजनिक भएको थियो । गत वर्षको तिजमा सांगीतिक प्रस्तुतिका लागि एलिना अष्ट्रेलिया जाँदा विष्णुलाई भेटेकी थिइन् । त्यसपछि उनीहरू प्रेममा परेका थिए । उनीहरुले एलिना र विष्णुले पटक–पटक फेसबुक लाइभमा सँगै आएर आफूहरूको प्रेम उजागर गरेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>