अन्तर्राष्ट्रिय

म्युजिकबाट संन्यास लिँदै छिन् सेलेना गोमेज ?

Banner

लस एञ्जलस, पुस १९-

इन्टरनेशनल सिंगर तथा अभिनेत्री सेलेना गोमेजले कयौं गित गाएकी छिन् । हालै उनले दिएको एउटा अन्तरवार्ता सुनेर चाँहि गोमेज स्थायी रूपमै म्युजिक करियर छाड्न तयार देखिन्छिन् भन्ने स्पष्ट भएको छ । उनी आफ्नो सारा ध्यान फिल्म र टिभी करियरमा लगाउन चाहन्छिन् । यस्तो लागिरहेछ कि यिनले म्युजिकबाट संन्यास दिने तयारी गरिरहेकी छिन् ।

गोमेजले हालै एउटा कुराकानीमा भनेकी थिइन्, ‘मलाई यस्तो लागिरहेछ कि मसँग अर्को एउटा एल्बम छ ।’ आफूले सायद अभिनयलाई रोज्ने अनि थाकेर लखतरान भएकोले अब आराम गर्न चाहेको पनि यिनको भनाइ छ । ‘मलाई यस्तो लाग्छ कि मसँग एक अर्को एल्बम छ । तर म सायद अभिनयलाई रोज्नेछु ।’ गोमेजले भनिन् । जति जति आफ्नो उमेर बित्दै गयो, उति उति सेटल हुनका लागि केही त खोज्नु पर्यो भन्ने सोच उनमा हाबी बन्दै गएको देखिन्छ ।

आफ्नो करियरमा पप स्टार गोमेजले २०० भन्दा धेरै अवार्ड आफ्नो नाममा पारेकी छिन् । गोमेज पहिलो पटक १० वर्षको उमेरमा टिभी शो बर्नी एन्ड फ्रेन्ड्समा देखिएकी थिइन् । गायन र फिल्मी करियर दुबैलाई सँगसँगै लैजाँदा यसको असर आफ्नो स्वास्थ्यमा देखिन थालेको उनले बताइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>