बलिउड/हलिउड

‘पठान’को रेकर्ड तोड्दै ‘एनिमल’ बन्यो भारतमा बढी कमाउने दोस्रो फिल्म

Banner

 

काठमाडौं, पुस १८

बलिउड अभिनेता रणवीर कपूर अभिनीत फिल्म ‘एनिमल’ ले नयाँ रेकर्ड राखेको छ।

‘एनिमल’ ले प्रदर्शनको ३३ औं दिनमा सर्वाधिक कमाइ गर्ने दोस्रो हिन्दी फिल्मको रेकर्ड राखेको हो। भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार फिल्मले भारतमा ५४६ करोड २७ लाख भारू कमाएको छ। योसँगै ुएनिमलु ले शाहरूख खानको ‘पठान’ को रेकर्ड तोडेको छ।

‘पठान’ ले भारतमा ५४३ करोड ०९ लाख भारू कमाएको थियो। सर्वाधिक कमाइ गर्ने पहिलो हिन्दी फिल्मको रेकर्ड भने शाहरूख खानकै नाममा छ। उनको फिल्म ‘जवान’ ले ६४० करोड २५ लाख भारू कमाएको थियो।

‘एनिमल’ ले विश्वभरबाट ८९० करोड भारू कमाएको छ। बक्स अफिसमा राम्रो कमाइ गरेको फिल्म ओटिटीमा प्रदर्शन हुँदैछ। भारतीय सञ्चारमाध्यमका अनुसार यो फिल्म २६ जनावरीदेखि नेटफ्लिक्समा रिलिज हुनेछ।

सन्दिप रेड्डी वांगाले निर्देशन गरेको फिल्ममा रणवीरसँगै रश्मिका मन्दना, बबी देओल, अनिल कपूर, तृप्ति डिमरीलगायतको अभिनय छ। फिल्ममा अनिल रणवीरको बाबुको भूमिकामा छन् भने रश्मिका उनको श्रीमतीको भूमिकामा देखिएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>