बलिउड/हलिउड

५८ वर्ष पुगे सलमान खान

Banner

काठमाडौं, पुस ११-

बलिउड नायक सलमान खानले बुधबार ५८ औं जन्मदिन मनाइरहेका छन् । भान्जी आयतसँग गएराति उनले आफ्नो जन्मदिन सेलिब्रेट गरे । सलमानले परिवारसँग जन्मदिन मनाएका भिडियो र तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्।

भिडियोमा सलमान र उनकी भान्जी आयतले केक काटिरहेको देखिन्छ ।

३५ वर्षदेखि फिल्ममा सक्रिय रहे पनि सलमानका लागि सन् २०२३ सुखद रहेन । यो वर्ष उनका दुई फिल्म रिलिज भए पनि दुवैले खासै कमाइ गर्न सकेनन् । यस वर्ष सलमानका फिल्ममा ४२५ करोड भारुको बाजी लगाइएको थियो । यी फिल्मले ६४८.४४ करोड भारु कलेक्सन गर्न सके ।

पछिल्लो १० वर्षको सलमानको करिअरलाई हेर्दा ४ वटा सेमी हिट, ४ औसत, ३ ब्लकबस्टर, १ अलटाइम ब्लकबस्टर र २ फ्लप फिल्म छन् । सलमानको कुल सम्पत्ति २ हजार ९१२ करोड भारु छ । सबैभन्दा धेरै पारिश्रमिक लिने कलाकारको सूचीमा सलमानको नाम तेस्रो नम्बरमा छ ।

उनको आगामी फिल्म ‘द बुल’ करण जोहरको प्रोडक्सन हाउसको ब्यानरमा बन्ने भएको छ । यस फिल्मलाई विष्णु वर्धनले निर्देशन गर्नेछन् । सलमान र करणले दोस्रोपटक काम गर्न लागेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>