देश/प्रदेश

मोडल हन्टको लागि ३८ मोडल होटल सोल्टीमा एक साथ प्रतिस्पर्धा गर्दै

Banner

काठमाडौँ, पुस ४-

‘मोडल हन्ट नेपाल–२०२३’ का लागि ३८ प्रतियोगी छानिएका छन् ।

विभिन्न चरणको प्रतियोगी छनौट अडिसनबाट महिला र पुरुष गरेर यी प्रतियोगी छानिन सफल भएका छन् । छानिएका प्रतियोगीमा १६ केटा र २२ केटी रहेका छन् ।

प्रतियोगिताको यो आठौं संस्करण हो । नेपाली मोडलिङ प्रतियोगितामा बृहत् र स्तरीय मानिएको प्रतियोगिताको यो संस्करणमा पनि युवाको हकमा ५ फिट ६ इन्च र युवतीको हकमा कम्तीमा ५ फिट २ इन्च उचाई हुनुपर्ने प्रावधान थियो । देशभरबाट सहभागी थुप्रै मोडलबाट ३८ छानिएका हुन् ।
छानिएका सबै प्रतियोगी अन्तिम प्रतिस्पर्धाका लागि व्यक्तित्व विकास, शारीरिक बनावट, ¥याम्प वाक, बडी ल्याङ्वेज, फोटोसुट, एक्सप्रेसनलगायतका ग्रुमिङ कक्षामा जुटिसकेका छन् ।

उचित ज्ञानसहित देश तथा विदेशका प्लेटफर्ममा सजिलै अवसर पाउन सक्ने व्यवसाहिक मोडल उत्पादन गर्ने उदेश्यले विगत ८ वर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगितामा पछिल्लो समय युवायुवतीको आकर्षण समेत बढ्दो रहेको आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाको धारणा छ । सांगितीक कार्यक्रमसहित हुने प्रतियोगिताको फाइनल प्रतिस्पर्धा आगामी २९ डिसेम्बर अर्थात् यही पुस १२ गते होटल सोल्टीमा आयोजना हुँनेछ । प्रतियोगिताको मेल विजेताले पार्टो रिको देशमा आयोजना हुने अन्तर्राष्ट्रिय मोडलिङ प्रतियोगिता ‘रनवे मोडल इन्टरनेशनल’मा नेपालको प्रतिनिधित्व गर्ने र फिमेल विजेताले थाइल्याण्डमा आयोजना हुने मोडलिङ प्रतियोगिता ‘सुपर मोडल इन्टरनेसनलमा’ नेपालको प्रतिनिधित्व गर्नुको अलवा विज्ञापन, म्युजिक भिडियो अभिनय अवसर तथा र्राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन शोमा पनि सहभागीको अवसर प्राप्त गर्ने आयोजक नेक्स्ट मोडल्सकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन् ।

पछिल्लो समय सौन्दर्य प्रतियोगितामा महिला असुरक्षित भएको आवाज उठ्दै आएको छ । यस सम्बन्धमा पाण्डे आफूहरुले महिलाहरुको हकहित संरक्षण, उनीहरुको सुरक्षाको प्रत्याभूति गराउनको साथै यस्ता प्रतियोगिताले दबिएको आवाज बुलन्द गर्न हौसला प्रदान गर्ने बताउँछन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>