बलिउड/हलिउड

सुटिङको क्रममा बलिउड अभिनेता श्रेयश तलपडेलाई हृदयाघात

Banner

काठमाडौं, मंसिर २९-

बलिउड अभिनेता श्रेयश तलपडेलाई हृदयाघात भएको छ। सञ्चारमाध्यमका अनुसार ‘गोलमाल’का अभिनेता श्रेयशलाई गए राती हृदयाघात भएको हो । हिन्दुस्तान टाइम्सका अनुसार यसपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।

राती १० बजेपछि एन्जियोप्लास्टीको प्रक्रिया सुरू गरिएको थियो। भारतीय मिडियाका अनुसार ४७ वर्षीय श्रेयशको फिल्म सुटिङ क्रममा हृदयघात भएको थियो।

उनी सुटिङ गर्ने क्रममा एक्कासि बेहोस भएका थिए। अस्पतालले उनलाई छिट्टै डिस्चार्ज गर्न लागेको पनि भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

उनले बलिउडमा फिल्म अभिनयसँगै निर्देशन पनि गरेका छन्। पछिल्लो समय उनले ‘गोलमाल अगेन’ मा काम गरेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>