बलिउड/हलिउड

दीपिकाले वुमन फाइटरको अपमान गरेको आरोप

Banner

मुम्बई, मंसिर २७-

ऋतिक रोशन र दीपिका पादुकोण अभिनित आगामी फिल्म ‘फाइटर’ पछिल्लो समय चर्चामा छ । फिल्मलाई भारतीय पहिलो एरियल फिल्म दाबी गरिएको छ ।
हालै फिल्मको टिजर समेत सार्वजनिक भएको थियो । फिल्मको एरियल एक्सन दृश्यले कतिपयको फिल्मप्रति ध्यान तानेको छ । कतिपयले दीपिकाको दृश्यको चर्चा गरेका छन् । सामाजिक संजालमा दीपिका ट्रोल समेत बनिरहेकी छन् ।

कतिपयले त दीपिकाले फिल्मको माध्यमबाट फाइटरको अपमान गरेको आरोप लगाएका छन् । कयौँ सामाजिक प्रयोगकर्ताले उनको किसिङ र बिकनी दृश्यमा प्रश्न उठाएका छन् ।

एक सामाजिक प्रयोगकर्ता लेख्छन्, ‘फाइटरको टिजरले फाइटरकै अपमान गर्दैछ । हरेक देश र क्लयरको एक मान्यता हुन्छ । हाम्रो कुनैपनि बहादुर भारतीय एयरफोर्स वुमन पाइलटलाई यो प्रस्तुति दिने छुट छैन ।’
अर्का एक प्रयोगकर्ताले लेखेका छन्, ‘मलाई आशा छ तपाईको भित्र केही शर्म बचेको होला । हरेक फिल्ममा तपाई महिलालाई तल गिराई रहनु भएको छ । बाहिरको मतलव छैन, कमसेकम वुमन फाइटरलाई त बदनाम नगर्नुस् ।’

यस अगाडि फिल्म ‘पठान’मा दीपिकाको अरेन्ज बिकिनी बिवादमा परेको थियो । यो फिल्ममा उनको भुमिकामै प्रश्न उठेको छ ।

सिद्धार्थ आनन्दको निर्देशन रहेको फिल्म २५ जनवरी २०२४ मा रिलिज हुनेछ । फिल्ममा ऋतिक र दीपिकाको अलवा अनिल कपुर, करण सिंह ग्रोवर, सान्दीदा शेख र अक्षय ओबरोयको अभिनय देख्न सकिन्छ । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>