मनोरञ्जन

प्रिन्सी खतिवडा अभिनीत हिन्दी गीत युट्युब ट्रेन्डिङको नम्बर ८ मा

Banner

काठमाडौं, मंसिर १७-

टिकटकबाट चर्चामा आएकी प्रिन्सी खतिवडा हिन्दी गीतमा देखिएकी छन्। जान देंगे तुम्हेु बोलको गीतमा उनले मोडलिङ गरेकी हुन्। यो गीत युट्युब ट्रेन्डिङको म्युजिकतर्फ ८ नम्बरमा छ।

यो समाचार तयार पार्दा ३६ लाखबढी भ्युज पाएको छ। गीतको भिडिओमा प्रिन्सीसँग लक्ष्य कपूरलाई देख्न सकिन्छ। लक्ष्य कपूरकै स्वर रहेको गीतमा सावेरी वर्माको शब्द र मुकुन्द सूर्यवंशीको संगीत छ। गीतलाई जोमिन वर्गिसले निर्देशन गरेका हुन्।

विन्सटन जेसले छायांकन गरेको गीतलाई कृणाल मालीले सम्पादन गरेका हुन्। यो गीत टी-सिरिज युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>