बलिउड/हलिउड

भारतमा ‘एनिमल’को ६३ करोड ओपनिङ

Banner

काठमाडौं, मंसिर १६-

रणवीर कपुर स्टारर ‘एनिमल’ले भारतमा ६३.८० करोड भारु नेट ओपनिङ गरेको छ । जसमा हिन्दी संस्करणबाट ५४.७५ करोड भारु र दक्षिण भारतीय संस्करणबाट ९.०५ करोड भारु छ ।

बलिउड ब्यापार विश्लेषक तरण आदर्शका अनुसार यो फिल्म रणवीरको अहिलेसम्मकै उच्च ओपनिङ हो । कुनै बिदा नभएको, कुनै श्रृखला नभएको, सुपरस्टार केमियो नभएको, एडल्ट सर्टिफिकेट, ३ घण्टा लामो रनटाइम र अर्को फिल्मसँग भिडेपनि ‘एनिमल’को उक्त कमाइ आक्रामक हो ।

‘एनिमल’ बलिउड फिल्म इतिहासमा तेस्रो सर्वाधिक ओपनिङ गर्ने फिल्म हो । ‘जवान’ले ६५.५० करोड भारु, ‘पठान’ले ५५ करोड भारु र ‘एनिमल’ले उक्त कमाइ गरेका हुन् । ओपनिङ कमाइमा एनिमलले केजीएफ २ र वारलाई पनि उछिनेको छ ।

‘एनिमल’ले शुक्रबार नेपालमा १.५० करोड नेरुको ओपनिङ गरेको छ । शनिबार पनि ओपनिङ हाराहारीमै कमाइ हुने देखिन्छ । दुई दिनमा फिल्मको कमाइ ३ करोड नेरु हुने प्रक्षेपण गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>