बलिउड/हलिउड

रणवीरको ‘एनिमल’ हेरेपछि आलियाको प्रतिक्रिया: ‘फिल्म खतरनाक छ’

Banner

मुम्बई, मंसिर १५-

बलिउड अभिनेता रणवीर कपुरको फिल्म ‘एनिमल’ शुक्रवारबाट संसारभर रिलिज भएको छ । फिल्मले राम्रो व्यवसाय गर्ने अपेक्षा गरिएको छ । रिलिज अगाडि बिहीबार फिल्मको एक विशेष शो समेत आयोजना भएको थियो ।

जसमा बलिउडका स्टारहरूको सहभागिता थियो । अभिनेत्री आलिया भट्ट पनि पति रणवीरको सपोटका लागि फिल्मको विशेष शोमा पुगेकी थिइन् ।

उनी आफ्नी आमा सोनी राजदानका साथ प्रिमियरमा सहभागी थिइन् । फिल्म हेरेपछि उनले मिडियासँग फिल्म खतरनाक भएका प्रतिक्रिया दिएकी छन् । प्रिमियरमा रणवीर फिल्मको भूमिकाकै टिसटमा सहभागी थिए । जहाँ अभिनेत्री रश्मिका मन्दाना भने ब्राउन लेदर ड्रेसमा सहभागी थिइन् ।

सन्दीप रेड्डी भांगा निर्देशित ‘एनिमल’ को कथावस्तु बाबु र छोराबिचको ‘प्रेम र घृणा’ ले भरिएको छ । फिल्ममा अनिलले रणवीरको बुबाको भूमिका निर्वाह गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>