मनोरञ्जन

आफ्नै निर्माण तथा निर्देशनमा एक्सन फिल्म ‘१२ गाउँ’ बनाउँदै विराज भट्ट

Banner

काठमाडौं, मंसिर १४-

अभिनेता विराज भट्टले आफ्नै निर्माण तथा निर्देशन हुने नयाँ फिल्म ‘१२ गाउँ’ को घोषणा गरेका छन् । उनले केही महिनाअघि नै चलचित्र विकास बोर्डमा ‘१२ गाउँ’ शीर्षकमा फिल्म दर्ता गरेका थिए ।

बिहीबार बिहान सामाजिक सञ्जालमार्फत उनले यही फिल्मको घोषणा गरे । फिल्मको टाइटल लोगो सार्वजनिक गर्दै उनले विराट भट्ट प्रोडक्सनको ब्यानरमा बन्ने यो फिल्म एक्सन-थ्रिलर हुने उल्लेख गरेका छन् ।

२०७६ सालमा रिलिज भएको फिल्म ‘साङ्लो’ उनले निर्माण तथा निर्देशन गरेको पहिलो फिल्म थियो । नेपाली र भोजपुरी भाषाका फिल्ममा एक्सन शैलीका फिल्ममा देखिंदै आएका विराजले सोही जनरामा यो फिल्म बनाउन लागेका हुन् ।

फिल्मबारे विस्तृत बताइएको छैन तर शीर्ष भूमिकामा विराज स्वयंले अभिनय गर्नेछन् । सन् २०२४ मा रिलिजको लक्ष्य राखिएको फिल्मको पटकथा सन्तोष सरकारले लेखेका हुन् । भट्टले यो फिल्मलाई आफ्नो करिअरकै महत्वाकांक्षी प्रोजेक्टको रुपमा समेत व्याख्या गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>