देश/प्रदेश
बादल वर्षा बिजुलीको चर्चापछि बलिउडको म्युजिक भिडियोमा प्रिन्सीले गरिन अभिनय
०

काठमाडौँ, मंसिर १३-
टिकटक प्लाटफर्मबाट उदाएकी प्रिन्सी खतिवडाले बलिउडको चर्चित म्युजिक कम्पनी टी-सिरिजको एक गीतमा काम गर्ने मौका पाएकी छन् । टिकटक बन्द गर्नुअघि भाइरल भएको गीत ‘बादल वर्षा बिजुली’को चर्चा भारतमा समेत भएपछि प्रिन्सीले बलिउडको चर्चित म्युजिक कम्पनी काम गर्ने मौका पाएकी हुन् ।
कम्पनी आफैंले इमेलमार्फत प्रिन्सीलाई प्रस्ताव गरेको थियो । ‘जान देंगे तुम्हे’ बोलको यो गीतलाई बिहीबार टी–सिरिजले आफ्नै च्यानलबाट सार्वजनिक गर्दैछ ।
केरलाको मुनारमा छायांकन भएको यो रोमान्टिक गीतमा प्रिन्सी र लक्ष्य कपुरले अभिनय गरेका छन् । टी–सिरिजले उक्त गीतको पोस्टर सार्वजनिक गरेको छ, जहाँ प्रिन्सी र लक्ष्य रोमान्टिक देखिन्छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























