मनोरञ्जन

प्रदीप खड्काको अभिनय रहने हिन्दी फिल्म ‘ऐरी’ निर्माण घोषणा

Banner

काठमाडौं, मंसिर १२-

प्रदीप खड्काको पहिलो हिन्दी फिल्म ‘ऐरी’ निर्माणको घोषणा गरिएको छ । मंगलबार निर्माताले फिल्मको पोस्टर र टिजर सार्वजनिक गर्दै फिल्मबारे जानकारी दिएका हुन् । टिजरले फिल्ममा प्रदीपको पात्रबारे जानकारी दिन्छ। टिजरले फिल्म सिकारीको कथावस्तुमा आधारित रहेको अनुमान गर्न सकिन्छ ।

मूलतस् हिन्दी भाषामा बन्ने यो फिल्म दक्षिण भारतीय भाषाहरुमा समेत स्वरांकन हुने बताइएको छ । जीवन थापाको निर्देशन रहने यो फिल्मलाई सुवास काले, प्रशान्तकुमार गुप्ता र राजन कुँवरले मिलेर बनाउँदैछन् । सुवास काले प्रदीपको अघिल्लो फिल्म ‘प्रेमगीत ३’ को हिन्दी संस्करणका निर्मातासमेत हुन् ।

फिल्ममा नायिका र अन्य कलाकार भने तय गर्न बाँकी रहेको र भारतमा चाँडै छायांकन सुरु गरिने बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>