अन्तर्राष्ट्रिय

डीप–फेकको शिकार बनिन् काजोल र रश्मिकापछि आलिया

Banner

काठमाडौं, मंसिर ११-

बलिउड सेलिब्रिटी रश्मिका मन्दाना र काजोलपछि आलिया भट्टपनि डीप–फेकको शिकार भएकी छिन् । इन्टरनेटमा भाइरल भइरहेको नयाँ डीप–फेक भिडियोमा आलियाजस्तै देखिने एक युवतीलाई दर्शाइएको छ । यसलाई लिएर फ्यान निकै चिन्तित छन् । आलियाको यो नयाँ सम्पादन गरिएको भिडियो अन्य केही भारतीय सेलिब्रिटीले समेत यस्तै परिस्थितिको सामना गर्न परिरहेको बेला सार्वजनिक भएको हो ।

भिडियोमा एक युवतीले नीलो रङको फ्लोरल को–अड् सेट पहिरिएको देखिएको छ । त्यसपछि क्यामेरातर्फ हेर्दै अश्लील इशारा गरेको देखिएको छ । तर राम्ररी हेरेमा सो भिडियोमा देखिएकी युवती अभिनेत्री आलिया होइनन् भन्ने थाहा पाउन सकिन्छ । अभिनेत्रीको अनुहार अरुको शरीरमा सम्पादन गरिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>