मनोरञ्जन

दीपक मनाङेले एक्सन फिल्म ‘कंगारु’ निर्माण गर्ने

Banner

काठमाडौं, मंसिर ५-

नेकपा एकीकृत समाजवादीका नेता तथा फिल्म निर्माता राजीव गुरुङ ‘दीपक मनाङे’ले मंगलबार नयाँ फिल्मको घोषणा गरेका छन् । सम्राट बस्नेतले निर्देशन गर्ने फिल्म ‘कंगारु’लाई सम्राट बस्नेतले निर्देशन गर्ने भनिएको छ ।
फिल्म घोषणाबारे जारी वक्तव्यमा मनाङेलाई निर्माताको रुपमा चिनाइएको छ । ‘कंगारु’पछि सविन श्रेष्ठलाई लिएर ‘बाघचाल’ बनाउने उनको तयारी छ ।

‘कंगारु’लाई सस्पेन्स, थ्रिलर र कमेडी जनरामा निर्माण गरिने निर्देशक बस्नेतले बताए । फूलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एण्ड फिल्म्ससँग आस्याप इन्टरटेनमेन्टको सहकार्यमा यो फिल्म निर्माण हुन लागेको हो ।

फिल्मको सहनिर्मातमा रोनिशबहादुर बस्नेत र निशान श्रेष्ठ छन् । मनाङले यसअघि पोइ पर्‍यो काले, दुई नम्बरी फिल्म निर्माण गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>