बलिउड/हलिउड
बलिउड फिल्मका निर्देशक सञ्जय गढवीको निधन

काठमाडौं, मंसिर ३-
बलिउड फिल्मका निर्देशक सञ्जय गढवीको निधन भएको छ । बलिउड फिल्मका निर्देशक सञ्जय गढवीको निधन भएको छ । आइतबार बिहान मर्निङ वाक गर्ने क्रममा उनलाई हृदयघात भएको थियो ।
उनको अन्तिम संस्कार बेलुकासम्म गरिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनी बिहान लोखंडवाला ब्याकरोडमा मर्निङ वाक गर्दै थिए । यसै क्रममा हृदयघात भएपछि उनलाई नजिकैको कोकिलाबेन अम्बानी अस्पताल लगियो । यहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
उनको पार्थिव शरीर कोकिलाबेन अम्बानी अस्पतालमा राखिएको छ । सञ्जयले आफ्नो करिअरमा ‘धुम’सहित सात फिल्म निर्देशन गरेका थिए । उनले सन् २००१ मा फिल्म ‘तेरे लिए’बाट आफ्नो करिअर सुरु गरेका थिए । यो फिल्म फ्लप भयो । यसपछि सञ्जयले ‘मेरे यार की शादी है’, ‘किडनैप’, ‘अजब गजब लभ’ र ‘अपरेसन परिन्दे’ जस्ता फिल्म पनि निर्देशन गरे ।
‘धूम’ र ‘धूम २’ फिल्मबाट सञ्जयले सबैभन्दा बढी पहिचान पाएका थिए । यी दुवै फिल्मलाई उनले निर्देशन गरेका हुन् । यो श्रृंखलाको तेस्रो फिल्म ‘धूम ३’ लाई विजय कृष्ण आचार्यले निर्देशन गरेका हुन् ।