मनोरञ्जन

मिस युनिभर्समा नेपाल अन्तिम २० मा, उपाधि निकारागुआलाई

Banner

काठमाडौं, मंसिर ३-

यसवर्षको मिस युनिभर्स २०२३ को उपाधि निकारागुआकी सेनिस पलासियोसले जितिन् । दक्षिण अमेरिकी मुलुक निकारागुआका लागि मिस युनिभर्स टाइटल पहिलोपटक हो ।

२३ वर्षिया पलासियोस पेशाले टेलिभिजन होस्ट समेत हुन् । उनले आमसञ्चारमा स्नातक उत्तिर्ण गरेकी छन् । थाइल्याण्डकी एन्टोनिया पोर्सिल्ड फस्ट रनर–अप हुँदा अष्ट्रेलियाकी मोरया विल्सन सेकेण्ड रनरअप घोषित भइन् । ७२ औं मिस युनिभर्समा नेपालको भने यात्रा अन्तिम २० मा पुगेर टुंगिएको छ ।

मुलुकको प्रतिनिधित्व गरेकी जेन दीपिका गारेटले ‘प्लस साइज मोडल’को रुपमा अन्तर्राष्ट्रिय मिडियामा चर्चा बटुलेपनि आफ्नै मुलुकको रेकर्ड भने तोड्न सकिनन् । दीपिका अन्तिम २० मा छनोट भएपनि अन्तिम १० मा पुग्न सकिनन् ।

सीएनएनदेखि विश्व प्रतिष्ठित मिडियाले ‘प्लस साइज’ मोडलको रुपमा दीपिकाले सौन्दर्यको मापदण्डलाई तोडेको समाचार लेखेका थिए । हुन पनि उनले मिस युनिभर्समा पहिलो ‘प्लस साइज मोडल’को कीर्तिमान रचिन् । उनको आत्मविश्वासको पनि चर्चा भैरहेको छ । खासगरि, मिस युनिभर्सको प्रारम्भिक चरणमा दीपिकाको प्रशंसा खुबै भयो । परिचय, नेसनल कस्ट्युमदेखि स्वीमसुट राउण्डमा उनको उपलब्धि हेर्दा उनी फाइनलिस्ट बन्ने अपेक्षा गरिएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>