अन्तर्राष्ट्रिय
मोदीद्वारा ‘डीपफेक’ बारे चिन्ता व्यक्त, यो सबैका लागि डरलाग्दो विषय भएको रश्मिकाको भनाइ
०

नयाँ दिल्ली, मंसिर २-
आर्टिफिसियल इन्टेलिजेन्सको माध्यमबाट ‘डीपफेक’ बनाउने प्रवृत्तिप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चिन्ता व्यक्त गरेका छन् ।
चलचित्र अभिनेत्री रश्मिका मन्डनाको गहिरो फेक भिडियो भाइरल भएपछि प्रधानमन्त्री मोदीले यस विषयमा जनतालाई सञ्चारमाध्यमले सचेत गराउनुपर्नेबताएका हुन् ।
रश्मिकाले यसप्रति ‘दुःख’ व्यक्त गर्दै सोसल प्लेटफर्म एक्स मा लेखेकी छिन्, ‘इमानदारीपूर्वक भन्नु पर्दा, मेरो लागि मात्र होइन, हामी सबैका लागि यो डरलाग्दो छ। आज जसरी प्रविधिको दुरुपयोग भइरहेको छ, त्यसले मलाई मात्र नभई अन्य धेरैलाई पनि ठूलो नोक्सानी पुर्याउन सक्छ ।’ एजेन्सी
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























