मनोरञ्जन
सन्तोष सेनको निर्देशनमा फिल्म’बलिदान’ बन्ने, यस्तो छ फर्स्ट लुक (भिडिओ)
०

काठमाडौं, कात्तिक २६-
सन्तोष सेनको निर्देशनमा फिल्म ‘बलिदान’ बन्ने भएको छ।
आइतबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको फर्स्ट ल्यान्डिङ भिडिओ सार्वजनिक गरिएको हो। सार्वजनिक भिडिओमा मधेस आन्दोलनको परिवेशलाई देखाइएको छ।
फिल्मको फर्स्ट लुक भिडिओ सार्वजनिक गरेपनि कलाकारबारे खुलाइएको छैन। दोस्रो भिडिओमा कलाकारबारे खुलाइने निर्देशक सेनले बताएका छन्।
फिल्म आसुसेन फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माण हुनेछ। पवन विष्टले निर्माण गर्ने फिल्मका कार्यकारी निर्मातामा चक्र बहादुर चन्द र प्रेम पुरी छन्।
दर्शन जीको पटकथा लेखन रहने फिल्मको स्क्रिप्ट डाक्टर मनोज पण्डित हुन्। पुरूषोत्तम प्रधानले छायांकन गर्ने फिल्मलाई कृष्ण भण्डारीले सम्पादन गर्नेछन्।
यो फिल्म आगामी वर्ष २०८१ को दसैंमा प्रदर्शन हुनेछ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























