बलिउड/हलिउड

५८ औं जन्मोत्सव मनाउँदै शाहरुख खान

Banner

काठमाडौं, कात्तिक १६-

बलिउड अभिनेता शाहरुख खान बिहीवार ५८ औं जन्मदिन मनाउँदैछन् । हरेक वर्षजस्तै यसवर्ष पनि उनले भारतको मुम्बईस्थित आफ्नो निवास मन्नतबाहिर भेला भएका सयौं फ्यानलाई अभिवादन गरे ।

आफ्ना प्रिय सुपरस्टारलाई जन्मदिनको शुभकामना दिन फ्यान रातीदेखि नै मन्नतबाहिर भेला भएका थिए । फ्यानले आतिशबाजी, हुटिङ र कोलाहल गरेर खुशी व्यक्त गरे । राति १२ बजेपछि शाहरुखले पनि मन्नतको रेलिङमा चढेर फ्यानलाई धन्यवाद दिए ।

शाहरुखको एक झलक हेर्न उर्लिएको भीड नियन्त्रणबाहिर गएपछि प्रहरीले लाठिचार्ज गर्नुपरेको थियो । शाहरुख हरेक जन्मदिनमा आफ्ना फ्यानका लागि मन्नतको रेलिङमा आउँछन् र फ्यानलाई धन्यवाद दिन्छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>