क्रिकेट

नेपाललाई पहिलो झट्का: आशिफ शेख आउट

Banner

काठमाडौं, भदौ १६-

आईसीसी टी–ट्वेन्टी विश्वकप एसिया छनोटमा नेपालको पहिलो विकेट गुमेको छ। ओमानले नेपाललाई दिएको १४६ रनको लक्ष्य पछ्याउने क्रममा ओपनर आशिफ शेख ५ रन बनाएर आउट भएका हुन्।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १ सय ४५ रन बनायो। ओमानका लागि कप्तान जाहिन मक्सुदले सर्वाधिक ३२ रन बनाए। निशान खुसीले २५ रन बनाउँदा ओपनर प्रतिक अथाव्ले २४ रनमा आउट भए।

नेपालका करण केसीले ३ तथा सन्दीप लामिछाने र सोमपाल कामीले दुई दुई विकेट लिए। अविनाश बोहोरा र गुल्सन झाको नाममा एक एक विकेट रह्यो।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>