क्रिकेट

दक्षिण अफ्रिकाले दियो न्युजिल्यान्डलाई ३ सय ५८ रनको लक्ष्य

Banner

काठमाण्डौँ, कात्तिक १५-

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई ३ सय ५८ रनको विशाल लक्ष्य दिएको छ ।

पुनेमा टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ५७ रन बनायो । दक्षिण अफ्रिकाका क्विन्टन डी कक र रसी भान डेर डुसेनले शतक बनाए । डी कक १ सय १४ र डुसेन १ सय ३३ रन बनाएर आउट भए । यस्तै डेभिड मिलरले ५३ रन जोडे । बलिङतर्फ न्युजिल्यान्डका टिम साउथीले २ विकेट लिए ।

दक्षिण अफ्रिका ६ खेलमा १० अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । न्युजिल्यान्ड उति नै खेलमा ८ अङ्कसहित तेस्रो स्थानमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>