क्रिकेट

नेपाललाई तेस्रो सफलता, सन्दीपले लिए विकेट

Banner

चितवन,कात्तिक १४-

मलेसियाको तेस्रो विकेट गएको छ। सन्दीप लामिछानेले नेपालका लागि तेस्रो विकेट लिएका हुन्। विरन्दीप सिंहलाई सन्दीपले एलबीडब्लु आउट गराए। उनी ८ बलमा ४ रन बनाएर आउट भए। यसअघि अहमद फैज रन आउट भएका थिए। उनी ४ बलमा ३ रन बनाएर आउट भएका थिए। विकेट किपर आशिफ खेशले उनलाई रनआउट गराएका थिए।

त्यो भन्दा अघि अभिनाश बोहराले मलेसियाको पहिलो विकेट लिएका थिए। १६ बलमा २४ रन बनाएका जुबैदी जुल्किफ्ललाई बोहराले कुशल मल्लको हातबाट क्याचआउट गराए। आईसीसी टी–२० विश्वकप २०२४ को छनोटमा अहिले मलेसिया ३ विकेट गुमाएर खेलिरहेको छ। मलेसिया १२ ओभरमा ३ विकेट गुमाएर ९३ रन बनाएर खेलिरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>