बलिउड/हलिउड

किन ट्रोलको सिकार भए रणवीर ?

Banner

मुम्बई, कात्तिक १३-

कफी विथ करणको ८ औँ सिजनको पहिलो एपिसोडमा रणवीर सिंह पत्नी दीपिका पादुकोणसँग पुगेका थिए । सो एपिसोड प्रसारण भएयता सिंह दम्पती लगातार ट्रोल भइरहेका छन् । रणवीरको एउटा पुरानो भिडियो क्लिप अहिले भाइरल भइरहेको छ । त्यो भिडियो रणवीर आफ्नी पूर्व गर्लफ्रेन्ड अनुष्का शर्माको साथमा कफी विथ करणमा आउँदाको हो ।पछिल्लो एपिसोडमा करणसँग कुराकानी गर्ने क्रममा रणवीरले दीपिका र आफ्नो लभ स्टोरी सुनाएका थिए । दीपिकालाई पहिलो पटक कहाँ अनि कसरी भेटे भनेर उनले सुनाएको कहानी कफी विथ करणको पुरानो एपिसोडमा अनुष्का शर्मासँगको पहिलो भेटको हुबहु व्याख्या थियो ।

२०११ मा रणवीरले के भनेका थिए?

सन् २०११ मा रणवीर अनुष्कासँग शोमा गएका थिए । भिडियोमा उनले अनुष्काको तारिफ खुलेर गरेका छन् । आफूले रब ने बना दि जोडी हेरेपछि अनुष्काको दिवाना भएको, डिनरका लागि बाहिर जाँदा अनुष्काकै बारे मात्र कुरा गरेको अनि यति नै बेला आफूले अनुष्कालाई देखेको उनको भनाइ थियो । ‘… त्यति नै बेला ढोका खुल्यो…हावाको झोका आयो अनि मेरो सामुन्ने अनुष्का शर्मा उभिएकी थिइन् ।’

सिजन ८ मा पनि रणवीरले यही कहानी सुनाए

सिजन ८ को पहिलो एपिसोडमा रणवीरले दीपिकाको प्रशंसा गर्दै भनेका थिए, ‘त्यति बेला दीपिकाको ककटेल रिलिज भएको थियो । त्यो फिल्म हेरेर उसको दिवाना भए । एक दिन सञ्जय लिला भन्सालीको घरमा बसिरहेको थिँए । कुन हिरोइनलाई काष्ट गर्ने भनेर छलफल चलिरहेको थियो अनि अचानक ढोका खुल्यो । बाहिरबाट हावाको झोँका आयो अनि एउटा ठुलो ढोकाबाट दीपिकाको इन्ट्री भयो ।’

यो भिडियो भाइरल भएपछि रणवीर निकै ट्रोल भइरहेका छन् । आफ्नो पुरानो लभ स्टोरीलाई दोहोर्याएर सुनाएको भन्दै धेरैले उनलाई उडाइरहेका छन् । रणवीर र दीपिकाको भेट भन्सालीको फिल्म राम लिलाको सेटमा भएको थियो । यिनीहरूको बिहे सन् २०१८ मा भएको थियो । एजेन्सी

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>