बलिउड/हलिउड

हिट फिल्म ‘गदर २’ को सिक्वेल निर्माण हुने

Banner

कात्तिक, मुम्बई १२-

सनी देओलको अभिनय करियरकै हिट तथा बलिउडको सबैभन्दा कमाउ फिल्म मध्यको एक ‘गदर २’ को अर्को सिक्वेल ‘गदर ३’ निर्माण हुने भएको छ । फिल्मको नयाँ सिक्वेल निर्माणका लागि निर्माण युनिट जुटिसकेको छ ।

२००१ मा निर्माण ‘गदर’ को सिक्वेलको रुपमा ‘गदर २’ निर्माण भएको थियो । ‘गदर’ को पहिलो सिक्वेल २२ बर्षपछि निर्माण भएपनि दोस्रो सिक्वेल निर्माण भने छिट्टै ल्याउने निर्माण युनिटको तयारी छ । ‘गदर २’ ले भारतीय बक्स अफिसमा ५२५ करोड ९भारु० कमाएको छ ।

‘प्रेम’ र ‘पठान’ पछि भारतमा धेरै कमाउने फिल्म ‘गदर २’ भएको छ । ‘गदर २’ को आम्दानी सनी देओलको स्टारडमको कारण भएको निर्माण युनिटको बुझाइछ । त्यसैले पनि उनीहरुले अर्को सिक्वेल बनाउन लागेका हुन् ।

समाचारकाअनुसार ‘गदर ३’ को घोषणा २०२४ को सुरुवातमा हुनेछ । फिल्मको छायांकन ८ महिनापछि सुरु हुनेछ । फिल्मको रिलिज मिति २०२५ बताइएको छ । गदरको दुबै सिक्वेल अनिल शर्माले निर्देशन गरेका हुन् । यो सिक्वेलको पनि निर्देशन उनले नै गर्नेछन् ।

‘गदर २’ बुबा छोराको जर्नीको बिषयमा निर्माण भएको थियो । ‘गदर ३’ बुबाछोरोको बिषयमै बन्नेछ । फिल्मको मुख्य भूमिकामा सनी र अनिसा पटेलको अलवा नाना पाटेकर समेत देखिनेछन् । ‘गदर २’ की हिरोइन सिम्रत कौर पनि नयाँ सिक्वेलमा दोहोरीनेछिन् । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>