क्रिकेट

कोहलीको सानदार शतकमा भारतको लगातार चौथो जित, बंगलादेश ७ विकेटले पराजित

Banner

काठमाण्डौँ कात्तिक ०२–
विराट कोहलीको सानदार शतकमा उपाधिको दाबेदार घरेलु टोली भारतले आइसिसी विश्वकप २०२३ मा लगातार चौथो जित हात पारेको छ । बंगलादेशलाई ७ विकेटले हराउँदै भारतले सेमिफाइनल सम्भावना मजबुत बनाएको छ ।

जितको लागि २ सय ५७ रनको विजयी लक्ष्य पछ्याएको भारतले ४१.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । विराट कोहली ९७ बलमा ६चौका र ४ छक्कासहित १ सय ३ रनमा नट आउट रहे । टिमको लागि जित निकाल्न दुई रन आवश्यक पर्दा कोहलीले नासुम अहमदलाई छक्का हान्दै खेल सकाउनुको साथै शतक पूरा गरेका थिए ।

भारतलाई जितको लागि २० रन चाहिँदा कोहलीलाई पनि शतक बनाउन त्यतिनै चाहिँएको थियो । त्यसपछि कोहलीले शतकमा ध्यान दिएका थिए । कोहलीको यो ओडिआई करिअरको ४८ औं शतक हो । ओडिआईमा सर्वाधिक धेरै शतक सचिन तेन्दुलकुरले ४९ औं शतक प्रहार गरेका छन् । उक्त कीर्तिमान पूरा गर्न अव दुई शतक मात्रै बाँकी छ ।

लोकेश राहुल ३४ बलमा ३ चौका र १ छक्कासहित ३४ रनमा नट आउट रहे । भारतलाई ओपनर शुभमन गिल र रोहित शर्माले १२.४ ओभरमा ८८ रन जोड्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । रोहित शर्मा ४० बलमा ७ चौका र २ छक्कासहित ४८ रनमा आउट भए । गिल ५५ बलमा ५ चौका र २ छक्कासहित ५३ रनमा आउट भए ।

बंगलादेशका मेहेदी हसन मिराजले १० ओभरमा ४७ रन खर्चेर २ विकेट लिए । हसन मोहम्मदले एक विकेट लिए ।

त्यसअघि पुणेमा टस जितेर पहिला ब्याटिङ रोजेको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ५६ रन बनाएको थियो । बंगलादेशका ओपनर लिटन दासले ८२ बलमा ७ चौकासहित सर्वाधिक ६६ रन बनाए ।

अर्का ओपनर तानजिद हसन ४३ बलमा ५ चौका र ३ छक्कासहित ५१ रनमा आउट भए । बंगलादेशलाई ओपनर हसन र दासले १४।४ ओभरमा ९३ रन जोड्दै सानदार सुरुवात दिलाएका थिए । तर त्यो सुरुवातलाई निरन्तरता दिन नसक्दा विशाल योगफल बनाउन चुकेको थियो । कुलदीप यादवले हसनलाई एलबीडब्लू आउट गरे । त्यसपछि बंगलादेशका ब्याटरले साझेदारी गर्न नसक्दा मध्यम योगफलमै रोकिएको थियो । जुन भारतलाई हराउन पर्याप्त रन थिएन ।

कप्तान नाज्मुल हसन शान्टो १७ बलमा ८ रन बनाउँदै रविन्द्र जडेजाको बलमा एलबीडब्लू आउट भए । मेहेदी हसन मिराज ३ रनमा क्याच आउट भए । लेग साइडमा सर्ट खेल्ने धुनमा राहुलले मिराजको क्याच उत्कृष्ट लिएका थिए । तौहिद हृदोय १६ रनमा आउट भए । मुश्फिकुर रहिम ४६ बलमा १ चौका र १ छक्कासहित ३८ रनमा आउट भए । महमुदूल्लाह रियाद ३६ बलमा ३ चौका र ३ छक्कासहित ४६ रनमा आउट भए । नासुम अहमदले १८ बलमा २ चौकासहित १४ रनमा आउट भए ।

भारतका रविन्द्र जडेजाले १० ओभरमा ३८ रन खर्चेर २ विकेट लिए । कुलदीप यादवले १० ओभरमा ४७ रन खर्चेर १ विकेट लिए । मोहम्मद शिराजले १० ओभरमा ६० रन खर्चेर २ विकेट लिए । जस्प्रित बुमराहले १० ओभरमा १ मेडनसहित ४१ रन खर्चेर २ विकेट लिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>