बलिउड/हलिउड

राम्री देखिने उत्कट चाहना बन्यो श्रीदेवीको मृत्युको कारण? बोनी कपुरले पाँच वर्षपछि मुख खोले

Banner

असोज १६-

श्रीदेवीको मृत्यु कसरी भयो, अचानक दुबईमा त्यस्तो के भएको थियो जसका कारण उनको ज्यानै गयो रु बाथ टबमा डुबेका कारण उनको मृत्यु भएको हो भनेर प्रहरीले जानकारी दिए । तर प्रशंसक अहिलेसम्म पनि यो कुरा पत्याउन सकिरहेका छैनन् । किनभने उनको परिवारमा कोही पनि यसबारे बोल्न राजी थिएनन् । तर अब पहिलो पटक श्रीदेवीका फिल्म निर्माता श्रीमान् बोनी कपुरले यसबारे मुख खोलेका छन् ।

अन्तिम समयमा के भएको थियो र उनको मृत्युको वास्तविक कारण के हो भनेर बोनीले एक भारतीय सञ्चार माध्यमसँग कुराकानी गरेका छन् ।

श्रीमतीबारे कुरा गर्दा छल्किएको पीडा

बोनी कपुरले द न्यु इन्डियनलाई दिएको अन्तरवार्तामा यसबारे खुलेर कुराकानी गरेका छन् । बोनीले श्रीदेवीलाई आज पनि धेरै नै मिस गर्ने बताए । उनले भने, ‘उनले जे जति चाहन्थिन्, त्यो कुरा हेर्न आज उनी मसँग छैनन् । उनले भनेपछि नै मैले क्षेत्रीय सिनेमामा कदम राखेँ । छोरी जान्ह्वी कपुरको सफलता, सानी छोरी खुसी कपुरको डेब्यु।।।। यी सबै उनकै सपना थियो ।’

उनले थपे, ‘मेरो लगातार ६ वटा फिल्म साउथमा रिलिज भएका छन्, सबै हिट छन् । तर यो सफलता हेर्न श्री यहाँ नहुनुले साह्रै पोल्छ । त्यसैले मैले उनको फोटो यहाँ राखेको छु, यो हेरेपछि लाग्छ, उनी यतै कतै छिन् ।’

बोनीले भने, ‘उनलाई जसरी पनि सेपमा बस्नुपर्दथ्यो । उनी राम्रो देखिन चाहन्थिन् । सधैँ सेपमा रहिरहन चाहन्थिन् – चाहे त्यो अन स्क्रिन होस् वा अफ स्क्रिन, उनी राम्री देखिन्थिन् । यसका लागि उनी धेरैजसो भोको बस्थिन् । उनी धेरै पटक क्र्याश डाइट गर्थिन् । नुन सम्म पनि खाँदिन थिन् । त्यति बेला पनि उनी डाइटमा थिइन् । मसँग विवाह भएपछि केही मौकामा ब्ल्याक आउटको समस्या भएको थियो र डाक्टरले उनको रक्तचाप कम छ भनेर बताउँथे । सलादमा हल्का छरेर भए पनि नुन त खानुस् भनेर डाक्टरले बारम्बार सल्लाह दिन्थे । तर उनले कसैले भनेको पनि सुन्दिन थिन् ।’

बोनीको ‘लाई डिटेक्टर’ परीक्षण भयो

बोनीले थपे, ‘यो एक स्वाभाविक मृत्यु थिएन । यो दुर्घटनावश भएको मृत्यु थियो । मैले यसबारे केही पनि नबोल्ने निर्णय गरेको थिएँ, ममाथि अनुसन्धान र सोधपुछ भइरहेका बेला मैले लगभग २४ वा ४८ घण्टासम्म मात्रै यसबारे कुरा गरेँ । भारतीय मिडियाको अत्यधिक दबाब भएको र यसमा कुनै बेइमानी छैन भन्ने थाहा पाएपछि प्रहरी अधिकारीले यस्तो गर्नुपरेको बताए । त्यहाँ केही पनि गलत भएको थिएन । मैले सबै परीक्षण गरेँ, त्यसमा ‘लाई डिटेक्टर टेस्ट’ र अरू सबै चिज समावेश थियो । यसबाट जे जति रिपोर्ट आए त्यसमा स्पष्ट थियो कि त्यो एक दुर्घटनावश भएको मृत्यु थियो ।’

पहिला पनि यस्तै घटना भइसकेको थियो

श्रीदेवीको अन्तिम संस्कारमा पुगेका उनी सहकर्मी अभिनेता नागार्जुनले यस्तै एक घटनाबारे बोनी कपुरलाई जानकारी दिएको बताए । बोनीले भने, ‘उनको निधन भइसकेपछि समवेदना व्यक्त गर्न नागार्जुन घर आएका थिए । उनले मलाई यस्तै घटना पहिले पनि भइसकेको बताए । एक फिल्मका बेला उनी पुनः क्र्याश डाइटमा थिइन्, उनी त्यसै थरी बाथरुममा लडेकी थिइन् र त्यति बेला उनको दाँत भाँच्चिएको थियो । दुर्भाग्यले उनले यसलाई गम्भीरतापूर्वक लिइनन् र घटना यतिसम्म भयानक हुनसक्ने भनेर अनुमानसम्म पनि गरिनन् ।’

बोनीका अनुसार श्रीदेवीको यस्तो बानी थाहा भएपछि नुन खाऊ भनेर उनी आफैँले सम्झाउन खोजे र डाक्टरलाई समेत भन्न लगाए । तर यसको केही फाइदा भएन । उनले डिनर अर्डर गर्दा धेरैजसो नुन बिनाको चिनी हालिएको खाना मगाउँथिन् । नुन खाँदा मोटाइन्छ भन्ने उनलाई लाग्थ्यो ।

श्रीदेवीको निधन २४ फेब्रुअरी सन् २०१८ मा दुबईमा भएको थियो । खबर सार्वजनिक हुँदा सुरुमा यसलाई धेरैले पत्याएनन् किनभने अभिनेत्री असाध्यै फिट थिइन्, कुनै रोग थिए । उनी फिल्ममा पनि सक्रिय थिइन् । सन् २०१७ मा उनको मम फिल्म रिलिज भएको थियो जुन चर्चित नै भएको थियो । यसका लागि उनले उत्कृष्ट अभिनेत्रीको राष्ट्रिय पुरस्कार पनि पाएकी थिइन् । यो उनको करियरको ३०० औँ फिल्म थियो ।एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>