मनोरञ्जन

अनमोल रिहा भएपछि सुदर्शनले भनेः आफ्नो कारण निर्माण टिमलाई पर्न सक्ने क्षतिबाट जोगाउनु

Banner

काठमाडौं, असोज १५-

अभिनेता अनमोल केसीलाई प्रहरीले राति रिहा गरेको छ । फिल्म ‘रावायण’ विवादमा पक्राउ परेका केसीलाई प्रहरीले हाजिरी जमानीमा आइतबार राति रिहा गरेको हो ।

अनमोल रिहा भएलगत्तै सामाजिक सञ्जालमार्फत निर्देशक थापाले घुमाउरो ढंगले अनमोललाई जवाफ दिन खोजेको देखिन्छ । उनले मोटो पारिश्रमिक माग्नुअघि आफूलाई पूर्णरुपमा तयार पार्न र आफ्नो कारणले निर्मातालाई पर्न सक्ने क्षतिप्रति गम्भीर बन्न आग्रह गरेका छन् ।

उनी लेख्छन्, ‘नैतिकता र मानवताको धर्मलाई आत्मसात गर्दै आफ्नो पेशागत धर्म र मर्यादामा रहन कलाकार भाइबहिनीलाई मेरो व्यक्तिगत सुझाव दिन चाहन्छु । मोटो पारिश्रमिक माग गर्नु भन्दा पहिला आफूलाई पूर्णतया तयार गर्न र तोकिएको समयसीमाभित्र आफूलाई हरेक पक्षबाट तयार गरी निर्माण टिमलाई आफ्नो कारण पर्न सक्ने क्षतिबाट जोगाउन विनम्र अनुरोध गर्दछु ।’

काठमाडौं जिल्ला अदालतले उनलाई तीन दिनको म्याद थप गरेको थियो ।

१० लाख पेश्की लिएर फिल्म नखेलेको भन्दै निर्देशक सुदर्शन थापाको फिल्म कम्पनी सुदर्शन थापा प्रोडक्सनको तर्फबाट निमात्री सुप्रिया कटुवालले केसीविरुद्ध आपराधिक विश्वासघातको जाहेरी दिएकी थिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>