गसिप

स्क्रिप्ट मन नपरेपछि फिल्म खेलिनँ, पैसा फिर्ता लानु भन्दा मानेनन्ः अनमोल केसी

Banner

काठमाडौ,असोज १४-

गत शुक्रबार पक्राउ परेका नायक अनमोल केसीले स्क्रिप्ट मन नपरेपछि सुदर्शन थापाले निर्देशन गर्न भनिएको फिल्म खेल्न अस्वीकार गरेको बताएका छन्। शुक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काभ्रेपलाञ्चोकको साँगाबाट पक्राउ गरेपछि केसीलाई आइतबार काठमाडौं प्रहरी परिसरको कार्यालय टेकुमा लगिएको थियो।

त्यहाँ उनले स्क्रिप्ट मन नपरेकाले फिल्म खेल्न तयार नभएको बताउँदै आफ्नो खातामा हालिदिएको १० लाख रुपैयाँ पनि फिर्ता लैजान भन्दा निर्माता पक्ष नमानेको बताए। ‘निर्माता पक्षले १० लाख रुपैयाँ मेरो खातामा हालिदिएको हो, तर स्क्रिप्ट राम्रो नलागेर मैले खेल्दिनँ भनेँ’, उनले प्रहरीसमक्ष भनेका छन्,‘स्क्रिप्ट मन नरपछि खेल्दिनँ भन्न पाइन्छ। मेरो खातामा हालिदिएको १० लाख रुपैयाँ फिर्ता
दिन खोजे पनि निर्माता पक्षले लिन नमानेका हुन्।’

अनमोललाई चिरायु अस्पतालबाट आइतबार मध्यान्ह काठमाडौं परिसर लगिएको थियो। जहाँ जाहेरवालाहरु पनि आएर छलफल हुने अपेक्षा थियो। तर उनीहरु त्यहाँ आउँदै आएनन्। प्रहरी परिसरमा केसीले हिरोले स्क्रिप्ट मन नपरेर खेल्दिनँ भन्न पाउने कुरा दोहोर्‍याएका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>