मनोरञ्जन

छाती दुखेर अस्पताल भर्ना भएका अभिनेता केसीविरुद्ध परेको उजुरीको कारबाही आइतबारदेखि

Banner

काठमाडौँ, असोज १२-

अभिनेता अनमोल केसी अस्पताल भर्ना भएका छन्। आपराधिक विश्वासघात गरेको आरोपमा पक्राउ परेका अभिनेता केसी गएराति साढे ११ बजे थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमोध ढुंगेलका अनुसार छाती दुखेको र श्वास फेर्न गाह्रो भएको भनेपछि उनलाई अस्पताल लगिएको थियो ।

रावायण नाम फिल्म खेल्नका लागि १० लाख रूपैयाँ लगेको तर सम्झौता गर्न नमानेको भन्दै चन्द्रकला कटवाल थापाले अनमोलविरुद्ध उजुरी दिएकी थिइन्।

उजुरी परेपछि पटपटक छलफलका लागि दुबै पक्षलाई बोलाउँदा पनि अनमोल नआएपछि अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरी शुक्रबार प्रहरी वृत्त सिंहदरबारमा बुझाएको थियो। तर, आज शनिबार बिदा भएकाले उनीविरुद्ध परेको उजुरीमाथिको कारबाही आइतबारदेखि सुरू हुनेछ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>