बलिउड/हलिउड

जवान बन्यो सबैभन्दा छिटो ५ सय करोड कमाउने फिल्म

Banner

काठमाडौं, असोज ७-

बलिउड अभिनेता शाहरूख खान अभिनीत फिल्म जवानले भारतीय बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ। जवानले प्रदर्शनको १८ दिनमा सबैभन्दा छिटो ५ सय करोड कमाउने हिन्दी फिल्मको रेकर्ड राखेको हो।

हिन्दी फिल्म बजार विश्लेषक तरण आदर्शका अनुसार भारतमा फिल्मले १७ दिनमा ४९२ करोड ४ लाख भारू कमाएको छ। यो हिन्दी संस्करणको मात्रै कमाइ हो। फिल्मले तमिल र तेलुगू संस्करणमा ५६ करोड २१ लाख कमाएको छ भने विश्वभरबाट ९६६ करोड कमाएको छ। योसँगै जवान ५ सय करोड क्लबमा सामेल हुने चौथो हिन्दी फिल्म बनेको छ।

५ सय करोड कमाउन सनी देओलको फिल्म गदर २ लाई २४ दिन लागेको थियो भने शाहरूख खानको पठानलाई २८ दिन र बाहुबली २ हिन्दी संस्करणलाई ३४ दिन लागेको थियो।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>