बलिउड/हलिउड

भारतमा ‘जवान’ ले कटायो ५ सय करोड, विश्वभर ९ सय करोड

Banner

काठमाडौं, असोज ३-

बलिउड अभिनेता शाहरूख खान अभिनीत फिल्म ुजवानु ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ। भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार १४ दिनमा फिल्मले भारतीय बक्स अफिसमा ५१८ करोड भारू कमाएको छ। भने फिल्मले विश्वभरबाट ९०७ करोड ५४ लाख भारू कमाएको छ।

यो फिल्मले छोटो समयमै विश्वभरबाट ९ सय करोड कमाउने हिन्दी फिल्मको रेकर्ड राखेको छ।’जवान’ले भारतीय बक्स अफिसमा ७५ करोडको ओपनिङ गरेको थियो।

एटली कुमारले निर्देशन गरेको फिल्ममा शाहरूखसँगै नयनतारा, विजय सेतुपथी, दीपिका पादुकोणलगायत कलाकारको अभिनय छ। फिल्ममा गौरी खानको लगानी छ। फिल्ममा शाहरूख डबल रोलमा देखिएका छन् भने नयनतारा पुलिस अफिसरको भूमिकामा छिन्। जिके विष्णुले छायांकन गरेको फिल्मलाई रूबेनले सम्पादन गरेका छन्।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>