भिडियो
थारु भाषाको गीत ‘सौरी बठिनिया’ सार्वजनिक (भिडिओ)
०

चितवन, असोज २–
थारु भाषाको गीत ‘सौरी बठिनिया’ सार्वजनिक भएको छ । आरएसआर प्रोडक्सनको प्रस्तुतीमा सुशीला चौधरीले उक्त म्युजिक भिडियो बजारमा ल्याएकी हुन् । यस गीतमा रोहित सिंह चौधरी र समिक्षा चौधरीको स्वर भरेका छन् ।
भिडियोलाई रोहित सिंह चौधरीले निर्देशन गरेका छन् भने उनै रोहित र स्वेच्छा महतोलाई भिडियोमा फिचर्ड गरिएको छ । गीतमा कोरियोग्राफी किरन परियारले गरेका छन् भने निरज महतो ‘चरनदेव’ले भिडियोलाई छायाँकन गरेका छन् । उक्त म्युजिक भिडियोलाई सुरेश चौधरीले सम्पादन गरेका छन् ।
भिडियोमा प्रेम महतोले कलरिङ गरेका छन् भने निम्तो इभेन्ट्सले पोष्ट प्रडक्सन गरेको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>