समाचार

विपन्न विद्यार्थीलाई युवासंघ भरतपुरद्धारा शैक्षिक सामाग्री वितरण

Banner

चितवन, भदौ २९-
नेकपा एमालेको भातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपाल भरतपुर महानगर कमिटीले भरतपुर २६ मजडिहा स्थित राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरेको छ । युवासंघले बाल दिवसको अवसरमा विद्यालयका ७५ जनाविपन्न समुदायका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको हो ।

प्रत्येक विद्यार्थीलाई कापी कलम लगायत शैक्षिक सामाग्रीहरू वितरण गरिएको छ । कार्यक्रमकाप्रमुख अतिथि एवम् राष्ट्रिय युवा सङ्घका केन्द्रीय सदस्य शंकर अधिकारीले शैक्षिक सामग्रीहरू निःशुल्क रूपमा पाएपछि न्यून आर्थिक अवस्था भएका परिवारका विद्यार्थीहरूलाई पढाइमा प्रोत्साहन मिल्ने भन्दै सबैलाई यस्ता कार्यमा ध्यान र सामुदायिक विद्यालयको गुणस्तर वृद्धिमा सहयोग गर्न आग्रह गर्नुभयो । शैक्षिक सामाग्री पाएपछि विद्यार्थीहरूलाई विद्यालय आउन सहयोग पुग्ने विद्यालय व्यवस्थापन समिति सल्लाहकार सदस्य राम चन्द्र चौधरीले बताउनुभयो ।

विद्यालयमा आउने अधिकांश विपन्न समुदायका बालबालिका भएकाले उनीहरूको पढाईलाई शैक्षिक सामाग्री वितरण कार्यक्रमले लाभ पुगेको प्रधानाध्यापक लिला देवी गौतमले बताउनुभयो । शैक्षिक सामाग्री वितरण कार्यक्रममा युवा सङ्घ चितवन जिल्ला अध्यक्ष झलक राज भटृ, मनोज कुमार महत्तो, सुशील केसी लगायत अतिथिहरूको उपस्थिति रहेको थियो । राष्ट्रिय युवा सङ्घ नेपाल भरतपुर महानगर कमिटीका अध्यक्ष राम कार्कीको सभाध्यक्षमा सम्पन्न भएको कार्यक्रमलाई भरतपुर महानगर कमिटीका सचिव राम चन्द्र भटृले सहजीकरण गर्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>