क्रिकेट

पाकिस्तानले श्रीलंकालाई दियो २५३ रनको विजयी लक्ष्य

Banner

चितवन भदौ २८ –
विकेटकिपर मोहम्मद रिजवानको उत्कृष्ट ब्याटिङ पाकिस्तानले एसिया कपको सुपर फोर खेलमा घरेलु टोली श्रीलंकालाई फाइनलमा पुग्न २ सय ५३ रनको बलियो लक्ष्य दिएको छ । कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित ४२ ओभरमा ७ विकेट गुमाउँदै २ सय ५२ रन बनायो । डकवर्थ लेविस पद्धतिको आधारमा श्रीलंकाले लक्ष्य पनि २ सय ५२ रननै पाएको हो ।

पाकिस्तानका मोहम्मद रिजवान ७३ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ८६ रनमा आउट भए । पाकिस्तानलाई छैटौं विकेटका लागि इफ्तिखर अहमद र मोहम्मद रिजवानले ७८ बलमा १ सय ८ रनको महत्वपूर्ण शतकीय साझेदारी गरेका थिए । इफ्तिखर अहमद ४० बलमा ४ चौका र २ छक्कासहित ४७ रनमा क्याच आउट भए ।

ओपनर अब्दुल्लाह शफिकले ६९ बलमा ३ चौका र २ छक्कासहित ५२ रनको अर्धशतकीय इनिङ खेलेका थिए । पाकिस्तानका ओपनर फखार जमान हिजो प्लेइङ९११ मा थिएनन् । तर अभ्यासको क्रममा इमाम उल हक घाइते भएपछि फखारले खेल्ने मौका पाएका थिए । तर फखारले खराब लयलाई रोक्न सकेनन् ।

प्रमोद मदुशानको बलमा उनी ४ रनमा बोल्ड आउट भए । दोस्रो विकेटका लागि ओपनर अब्दुल्लाह शफिक र बाबर आजमले ६७ रनको साझेदारी गरेका थिए । बाबर ३५ बलमा ३ चौकासहित २९ रनमा आउट भए । स्पिनर दुनिथ वेलालागेको बलमा मिस भएपछि विकेटकिपर कुशल मेन्डिसले बाबरलाई उत्कृष्ट स्टम्पिङ आउट गरेका थिए ।

तीव्र गतिका बलर मथिसा पाथिरानको शर्ट बलमा पुल खेल्ने धुनमा शफिक प्रमोदबाट क्याच आउट हुन पुगेका थिए । पाथिरानाकै बलमा हरिस ३ रनमा कट एन्ड बाल्ड आउट भए ।

मोहम्मद नवाज १२ बलमा २ चौकासहित १२ रनमा महेश थिक्सेनाको बलमा बोल्ड आउट भए । पाकिस्तान २७।४ ओभरमा १३०(५ को अवस्थामा पुगेको थियो । त्यसपछि रिजवान र इफ्तिखर अहमदले पाकिस्तानको इनिङ सम्हाल्लेका थिए ।

श्रीलंकाका युवा तीव्र गतिका बलर मथिसा पाथिरानाले ८ ओभरमा ६५ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । दुनिथ वेलालागेले ९ ओभरमा ४० रन खर्चेर १ विकेट लिए । महेश थिक्सेनाले ९ ओभरमा ४२ रन खर्चेर १ विकेट लिए । प्रमोद मदुशानले ७ ओभरमा १ मेडनसहित ४२ रन खर्चेर २ विकेट लिए ।

यस खेलको विजेता टोली फाइनलमा पुग्नेछ । भारत भने लगातार दुई जितका साथ फाइनलमा पुगेको छ । यदि वर्षाको कारण नतिजा अउन नसके वा रद्द भएमा भने नेटरनरेटको कारण श्रीलंका फाइनलमा पुग्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>