समाचार

काठमाण्डौँ महानगरका नगर प्रहरीका ४२ हवल्दार निलम्बित

Banner

काठमाडौं,भदौ २७-
काठमाडौं महानगरपालिकाले असईको फुली लगाएपछि नगर प्रहरीका ४२ जना हवल्दार निलम्बनमा परेका छन् । २५ असारमा महानगरपालिकाले नगर प्रहरी हवल्दारलाई तेस्रो तहबाट चौथो तहमा बढुवा गरेको थियो ।

ती हवल्दारले आफूहरु असईमा बढुवा भएको ठानी असईको फुली लगाएपछि महानगरपालिकाले कारबाहीस्वरुप निलम्बन गरेको हो । महानगरपालिकाका अनुसार उनीहरु बढुवा भएर असई भएका थिएनन् । प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले अनुशासनको उलंघन गरेका सबै हवल्दारहरु निलम्बन गरिएको जानकारी दिए ।

उनले महानगरको प्रमुख प्रशासकीय अधिकृतले मात्रै दज्र्यानी चिह्न वितरण गर्ने अधिकार भएकाले जथाभावी गर्न नपाउने बताए । ती नगर प्रहरीले भने आफूहरु बढुवा भएको दुई महिना भइसक्दा पनि महानगरपालिकाले दज्र्यानी चिह्न नलगाइदिएका कारण अभिभावक मार्फत लगाएको प्रतिक्रिया दिएका छन् । नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले ती नगर प्रहरीले अनुशासनको उलंघन गरेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>