भिडियो

प्रकाश सपुतले ‘जाली रुमाल फाट्यो’ बाट हटाए विवादित संवाद

Banner

काठमाडौं,भदौ २६-

सधैंजसो चर्चा र विवादको केन्द्रमा हुन्छन् । उनले अघिल्लो हिट गीत ‘कुरा बुझ्न पर्च’को नयाँ श्रृंखलाको रुपमा नयाँ गीत ‘जाली रुमाल फाट्यो’ सार्वजनिक गरे ।

यो गीत विवादबीचमा गायक सपुतले उक्त विवादास्पद संवादलाई हटाएका छन् । सपुतले सोमबार साँझ भिडियोबाट उक्त संवाद हटाएका हुन् । तर संवाद हटाउनुको कारणबारे प्रकाशले केही उल्लेख गरेका छैनन् ।
अहिले यो गीत युट्युबको नेपाल ट्रेन्डिङको शीर्षस्थानमा छ र २८ लाख पटक हेरिएको छ । सपुतको संगीतमा समीक्षा अधिकारीको स्वर रहेको यो गीतले जातीय छुवाछूतको सन्देश दिन्छ । नेपाली फिल्मको मूलधारमा स्थापित दुई अभिनेत्रीहरु आँचल शर्मा र स्वस्तिमा खड्का गीतमा फिचर्ड छन् ।

इन्डिङमा बोलिएको भद्दा संवाद अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । अनावश्यक रुपमा स्वस्तिमालाई भल्गर शब्द बोल्न लगाएको भन्दै सपुत आलोचित बनेका छन् । गीतलाई चर्चामा ल्याउन उनले यस्तो फण्डा मोलेको आरोप पनि छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>