मनोरञ्जन
विन्ध्यवासिनी म्युजिक प्रालिविरुद्ध गायक खरेलले जिते मुद्दा
०

काठमाडौँ, भदौ २२-
गायक प्रमोद खरेलले विन्ध्यवासिनी म्युजिक प्रालिविरुद्ध प्रतिलिपि अधिकारको मुद्दा जितेका छन्। जिल्ला अदालत काठमाडौंले उनको पक्षमा फैसला गरेको हो।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश उत्तम सिलुवालको इजलासले विन्ध्यवासिनीका सञ्चालक लिना शर्मा रेग्मी र सुवास रेग्मीलाई प्रतिलिपी अधिकार उल्लंघनको विषयमा दोषी ठहर गरेको हो। उनीहरूमाथि सजाय निर्धारणका लागि फेरि सुनुवाइ हुनेछ।
गायक खरेलले २०७७ सालमा आफूमा निहित प्रतिलिपी अधिकारको विन्ध्यवासिनी म्यूजिक प्रालिले दुरुपयोग गरेको भनी प्रहरीमा जाहेरी दिएका थिए। त्यसका आधारमा सरकारी वकिलको कार्यालयले मुद्दा चलाएको थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















