सामाजिक सञ्जाल

ट्विटरमा छिट्टै अडियो–भिडियो कल, मस्कले गरे घोषणा

Banner

काठमाडौँ, भदौ १४-

अमेरिकी अर्बपति व्यापारी एलन मस्कले आफ्नो सामाजिक सञ्जाल एक्स (ट्विटर) मा भिडियो र अडियो कलको सुविधा चाँडै नै उपलब्ध हुने घोषणा गरेका छन् । उनले यो नयाँ फिचरले एन्ड्रोइड, आईओएस, पीसी र म्याकमा काम गर्ने बताए ।

उनले लेखेका छन्, ‘‘एक्स’मा अडियो र भिडियो कलिङ सुविधा चाँडै आउँदै छ । यसले आईओएस, एन्ड्रोइड, एप्पल म्याक र माइक्रोसफ्ट कम्प्युटरहरूमा काम गर्नेछ ।’

यसका लागि कुनै फोन नम्बर आवश्यक पर्दैन । एक्स नै यी कलका लागि ग्लोबल एड्रेस बुक हुनेछ । यो नै यस सुविधाबारे सबैभन्दा महत्त्वपूर्ण कुरा हुनेछ ।

यद्यपि, यो सुविधा पहिले नै ह्वाट्सएप, फेसबुक मेसेन्जर, इन्स्टाग्राम जस्ता मेसेजिङ एपहरूमा उपलब्ध छ ।

ट्विटरमा भिडियो तथा अडियो कल गर्ने सुविधा कहिलेसम्म उपलब्ध हुने भन्ने बारे मस्क वा ट्विटरले कुनै जानकारी दिएको छैन । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>