मनोरञ्जन

भारतीय मिडियामा छाइन् त्रिशाला गुरुङ: भनियो ‘ब्युटी विद ब्रेन’

Banner

भदौ १४-

एसिया कप क्रिकेटको उद्घाटन खेलमा आयोजक पाकिस्तानले नेपाललाई दुई सय ३८ रनले हराएको छ । यो खेल अघि मुल्तान क्रिकेट स्टेडियममा उद्घाटन कार्यक्रम आयोजना भएको थियो जसमा गायिका त्रिशाला गुरुङले प्रस्तुति दिइन् । प्रस्तुति पछि उनको आवाज र सुन्दरताको भारतीय मिडियामा व्यापक चर्चा छ ।

उद्घाटन कार्यक्रम सकिने बित्तिकै सोसल मिडियामा त्रिशाला ट्रेन्ड हुन थालिन् र उनीबारे जान्न भारतीय उत्सुक भए ।

त्रिशालाले आफ्नो प्रस्तुतिका बेला लगाएको पहिरनको पनि विशेष चर्चा छ । उनले सेतो साडी र रातो चुरा लगाएकी थिइन् । मानिसलाई उनको यो शैली निकै मनपर्यो । धेरैले उनको सादगीको पनि तारिफ गरिरहेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>