मनोरञ्जन

अभिनेत्री नम्रताले दिइन् सानु र सारुकलाई श्रद्धाञ्जली

Banner

काठमाडौं,भदौ १०-

अभिनेत्री नम्रता श्रेष्ठले कलाकार सानु ताम्राकार र उनका छोरा सारुक ताम्राकारलाई श्रद्धान्जली दिएकी छन् । सारुकको डेढ महिना अघि र सानुको हिजो निधन भएको थियो ।
सामाजिक सञ्जालबाट अभिनेत्री श्रेष्ठले कलाकार सानु ताम्राकार र उनका छोरा सारुक ताम्राकारलाई श्रद्धान्जली दिएकी हुन् ।

सारुकको निधनपछि नम्रता विवादमा तानिँदै आएकी छन् । उनी सारुकसँग अफेयरमा रहेको र मृत्युअघि उनीहरुको झगडा परेको तथ्य सार्वजनिक भएको थियो । सारुकको निधनपछि नम्रताले सार्वजनिक रुपमा कुनै पनि टिप्पणी गरेकी थिइनन् ।

छोराको निधनबाट विक्षिप्त बनेका सानुको पनि हिजो निधन भयो । त्यसपछि भने नम्रताले सामाजिक सञ्जालमा बुवा छोराको तस्वीर राखेर श्रद्धाञ्जली दिएकी हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>