क्रिकेट

एसिया कप तयारीका लागि नेपालले पाकिस्तानमा एउटा अभ्यास खेल खेल्ने

Banner

काठमाडौं,भदौ ८-

एसिया कप तयारीका लागि पाकिस्तानमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले शनिबार अभ्यास खेल खेल्ने भएको छ । पाकिस्तानका स्थानीय क्लब तथा फस्ट क्लास खेलाडीलाई मिक्स गरी उनीहरुसँग तयारीका लागि अभ्यास खेल खेल्ने टिमका म्यानेजर प्रदीप मजगैंयाले बताए ।

हाल कराँचीमा अभ्यास गरिरहेको टिमका लागि पाकिस्तानको मौसम तथा खेलसँग अभ्यस्त गराउन अभ्यास खेलको तयारी गरिएको हो । नेपालले कराँचीको नेशनल स्डेडियममा गत २ दिनयता अभ्यास गरिरहेको छ । नेपालले ३० अगष्ट (१३ भदौ) मा मुल्तानमा घरेलु टिम पाकिस्तानको सामना गर्दैछ ।

त्यस्तै दोस्रो भारतसँगको खेलका लागि भने नेपाली टिम श्रीलंका जानेछ । नेपालले दोस्रो खेल सेप्टेम्बर ४ (भदौ १८) मा भारतसँग खेल्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>