बलिउड/हलिउड

आठ दिनमै ३ सय करोड कमाउँदै गदर–२ ले बनायो रेकर्ड

Banner

मुम्बई,भदौ २- 

गदर–२ ले ३ सय करोड भारु कमाउन सफल भएको छ । फिल्मले प्रदर्शनको आठौँ दिनमा यो उपलब्धि हासिल गरेको हो । शुक्रबार फिल्मले २०‍.५ करोड भारु कमाएको थियो । यसरी फिल्मको कुल कलेक्सन ३०५।१३ करोड भारु पुगेको छ ।

‘गदर २’ ३ सय करोड क्लबमा सामेल हुने दोस्रो सबैभन्दा छिटो हिन्दी फिल्म हो । ३०० करोडको आँकडा छुन मात्र ८ दिन लाग्यो । यसअघि शाहरुख खानको फिल्म ‘पठान’ छ । पठानले ६ दिनमा ३०० करोड भारु कमाएका थिए । ओएमजी–२ ले शुक्रबार ५।६ करोड भारु कमाएको छ । यो फिल्मले हाल ९०.६५ करोड भारु कमाएको छ । आइतबारसम्ममा यो फिल्म १०० करोड क्लबमा सामेल हुन सक्छ ।

हिन्दी फिल्मको इतिहासमा ११ वटा फिल्मले मात्र ३०० करोड भारु कमाउन सफल भएका थिए । ‘गदर २’ यस्तो गर्ने १२ औँ फिल्म बनेको छ । पठान ५४३.०५ करोड भारुका साथ सूचीको पहिलो नम्बरमा छन् । दोस्रो र तेस्रो नम्बर बाहुबली–२ र केजीएफ–२ को हिन्दी भर्सन हो ।

गदर–२ ले जसरी कमाइ गरिरहेको छ, त्यही अनुसार यो सूचीमा फिल्म टप–३ मा पर्न सक्ने प्रबल सम्भावना छ । केही विज्ञहरुले गदर २ पनि पठानको रेकर्डसम्म पुग्न सक्ने अनुमान गरिरहेका छन् । एजेन्सी

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>