बलिउड/हलिउड

भारतीय कलाकार शाहिल खान नेपाल आउँदै

Banner

काठमाडौँ, साउन ३०

भारतीय सेलिब्रेटी शाहिल खान नेपाल आउने भएका छन् ।

यही साउन ३२ देखि भाद्र २ गते सम्म नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने बडीबिल्डिंग कम्पिटिसन ‘नरेश सूर्या क्लासिक नेपाल’मा सहभागी हुन उनी नेपाल आउने भएका हुन् ।
खरेल अर्गनाइजेसनले आयोजना गर्न लागेको प्रतियोगितामा अन्य विभिन्न अन्तरर्रास्ट्रिय ख्याति प्राप्त व्यक्तिहरु पनि आउने कुराको जानकारी आयोजक सज्ञान खरेलले जानकारी दिए ।

इन्डियाको फ्रेन्च आइज लिएर उक्त प्रतिस्पर्धा गर्न लागिएको आयोजकले जनाएको छ । आफूमा भएको प्रतिभालाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने अवसरको रुपमा यो कार्यक्रमलाई लिन सकिने आयोजकले जनाएको छ । बडीबिल्डिंग कम्पिटिसन ‘नरेश सूर्या क्लासिक नेपाल’मा सम्पूर्ण जुरीहरु बिदेशी रहेका छन्।

इन्डियामा प्रसिद्द शोको फ्रेन्च आइजलाइ नेपालमा ल्याएर गर्न लागिएको प्रतिस्र्धामा १५० जना सहभागी भएका छन्। कार्यक्रममा नेपाल,मलेसिया,युएइ र भारतका खेलाडीहरुले भाग लिएका छन् । फिट नेसनको कार्यक्रममा विजेताले नगद दुई लाख पचास हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । अन्तरर्राष्ट्रिय कोच क्याथ्रिन केट अस्टिनले एक दिन सम्पूर्ण सहभागीहरुलाई विशेष तालिम दिनेछन् । यस कार्यक्रममा विभिन्न देशका फिटनेसमा लगानी गर्न चाहने थुप्रै व्यक्तिहरुको समेत सहभागिता रहने खरेलले जानकारी दिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>