मनोरञ्जन

युट्युबर एल्भिसले जिते बिगबोस ओटीटी सिजन २ को उपाधि

Banner

काठमाडौं, साउन ३०-

बिग बोस ओटीटी सिजन २ ले एल्भिस यादवलाई विजेताको रुपमा प्राप्त गरेको छ । जित हासिल गर्न सक्ने प्रारम्भिक अनुमानबीच उनले यो चर्चित भारतीय रियालिटी शोको उपाधि हात पारे ।

उनी प्रारम्भदेखि नै बलिया प्रतिस्पर्धी थिए । अर्का प्रतिस्पर्धी अभिषेक मल्हान उपविजेता बने । जितसँगै एल्भिसले ट्रफीसहित २५ लाख भारु पुरस्कार प्राप्त गरेका छन् । उनी बिगबोसको घरमा वाइल्ड कार्डको रुपमा प्रवेश गरेका थिए । उनले सुरुदेखि नै घरको वातावरणलाई कायम राख्ने प्रयत्न गरे ।

सुरुमा हास्यास्पद लागे पनि पछिल्ला एपिसोडमा उनले दर्शकको मन जित्ने प्रयास गरे । एकपटक होस्ट सलमान खानले उनलाई गालीसमेत गरेका थिए । तर यसले उनको फ्यान फलोइङमा कुनै असर पारेन । यसबाट बरु उनलाई धेरै फाइदा पुग्यो ।

सेकेण्ड रनरअपमा बिहारकी मनिषा रानी तेस्रो घोषित भइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>