मनोरञ्जन

नागरिक उन्मुक्ति छाडेकी धमला पत्नी एलिजा ओलीलाई भेट्न बालकोटमा

Banner

काठमाडौं,साउन २९-

रेशम चौधरीले स्थापना गरेको नागरिक उन्मुक्ति छाड्दै सक्रिय राजनीतिबाट विश्राम लिएको घोषणा गरेकी ऋषि धमला पत्नी एलिजा गौतम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेकी छन् । ओलीसँग भेट गरेको भन्दै उनले सामाजिक सञ्जाल फेसबुकमा तस्बिरहरु सार्वजनिक गरेकी छन् ।

‘नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बुवासँग बालकोटमा विशेष भेटवार्ता । भेटमा बुवाले दर्शाउनु भएको सद्भाव, माया, आशीर्वाद, प्रेरणा, उर्जा र मार्गनिर्देशनप्रति अनुग्रहित छु’, उनले लेखेकी छन्, ‘आजको भेटमा यहाँको राजनीतिक अनुभव, चेतना र आत्मविश्वास मेरा लागि अनुकरणीय छ । बुवासँगको भेटबाट कलाकारितासँगै राजनीति र समाजसेवा गर्ने मेरो चाहना र हुटहुटीमा मलजल पुग्नुका साथै फलदायी बन्नेछ ।’

२०७९ माघ १४ गते उनी नागरिक उन्मुक्तिमा पार्टीमा प्रवेश गरेकी थिइन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>