मनोरञ्जन

यश कुमारको नयाँ गीत ‘सुस्तरी सुस्तरी’: भिडियोमा सडक व्यापार र नगरप्रहरीको कथा

Banner

काठमाडौँ, साउन २४-

गायक यश कुमारको नयाँ गीत ‘सुस्तरी सुस्तरी’ बजारमा आएको छ । प्रेमभावमा यश कुमार स्वयंले शब्द रचना गरेको यो गीतमा संगीत पनि उनले नै भरेका छन् ।

भिडियोमा सडकमा व्यापार गर्नेका पीडा, नगरप्रहरीका बाध्यता र वैदेशिक रोजगारीका आयामलाई समेत चित्रण गरिएको छ । जसमा यश कुमार र अनु थापाले अभिनय गरेका छन् । निकेश खड्काले निर्देशन गरेको म्युजिकल फिल्म भनिएको यो गीतको भिडियोमा राजेश घतानी, पन्छी तामाङ र अनिता लामाको पनि अभिनय छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>